जेसिएले गर्यो कक्षा ११ का विद्यार्थीको प्रबोधिकरण कार्यक्रम

पोखरा- १३ साउन , पोखराको जेसिए स्कुल तथा कलेजले कक्ष ११मा भर्ना भएका विद्यार्थीको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ! शनिबार आयोजित कार्यक्रममा चर्चित वक्ता सरोज घिमिरेले विद्यार्थीहरूलाई कसरी गोल सेटिंग गर्ने र कसरी उज्ज्यालो तिरको यात्रा तय गर्ने भन्ने विषयमा प्रकाश पार्नु भएको थियो ! जेसिएकै पूर्व विद्यार्थी तथा मेडिकल स्टुडेन्ट दीक्षा वस्तीले करियरको टनेल कसरी खन्ने ? जेसिएले कसरी त्यो टनेल खन्न मद्दत पुर्याउँछ भन्ने बारेमा आफ्नो अनुभव सुनाउनु भएको थियो । उक्त कार्यक्रममा प्राचार्य सुन्दर ढकाल , अभिभावक , विद्यार्थी तथा निर्देशक मुकुन्दप्रसाद वस्तीले बिभिन्न विषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम विद्यालयका डीन सुन्दर मानन्धरको संचालन तथा प्रसाशकीय अधिकृत महेश सेनको स्वागतबाट सुरू भएको थियो ।