हार्दिक श्रद्धाञ्जली बबिता जी !

[सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन।

जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन।]…२
[पीरहरु बटुलेर, रोईरहुँ जस्तो लाग्छ।

खुशीहरु समेटेर, हाँसीरहुँ जस्तो लाग्छ।]…२

आँसु आँसु हुन्न जीवन, खुशी खुशी हुन्न जीवन।

भेट्यो जसले, उस्तै हुन्छ , रोजे जस्तो हुन्न जीवन।
सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन।

जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन।
[घाम ताप्न पर्खिबस्यो, पानी उसै बर्षिदिन्छ।

अँध्यारो मै रमु भन्दा, उज्यालो पो सल्किदिन्छ।]…२

पानी पर्नु पनि जीवन, घाम लाग्नु पनि जीवन।

एउटा रोज्यो अर्कै मिल्छ, खोजे जस्तो हुन्न जीवन।
सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन।

जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन…२।

आदरणीय तारादेवीको यो गीत आदरणीय मित्र बबिता थापासँग ठ्याक्कै मिलन गयो ! मित्र बबिता थापा सँग एउटा वर्गीय नाता मात्र होइन भौगोलिक र पारिवारिक नाता पनि हो !

परिचय २०६७-६८ सालमा म र मित्र सुर्य केसी त्रिभुवन विश्व विद्यालय पढ्दा ताका भएको हो ! तत्कालिन अखिल छैठौंको विश्व विद्यालय कमिटीमा हामी काम गर्दा बबिता जी केन्द्रिय सदस्य हुनुहुन्थ्यो ! पछि म राष्ट्रिय परिषद सदस्य हुँदा हामी अझै धेरै नजिकबाट काम गर्ने अवसर प्राप्त भएको थियो । मेरो जन्म जिल्ला अर्घाखाँची भएको र पारिवारिक नाता भएको हुनाले बेग्लै निकटता थियो !

पछि २०६९ साल तिर अचानक बबिताजी मा धेरै स्वस्थ्य समस्या देखिन थाल्यो ! मिर्गौलाको समस्या भएको कुरा २०७० सालमा देखिएपछि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार हुँदा खेरी मित्र सुर्य केसी र मैले विविध तवरले आर्थिक सहयोग गरेर बबितालाई सहयोग गर्ने अवसर प्राप्त भएको थियो !

त्यसपछिका वर्ष अलिक भौगोलिक रुपमा हामी टाढा भएपनि बेला बेलामा सम्पर्क हुन्थ्यो ! उहाँका श्रीमान शोभाखर बबिताजी को स्वास्थ्य कम्जोर हुँदा पनि सधैँ उहाँको साथमा रहनु भयो ! पछिल्लो समय मिर्गौला प्रत्यारोपण पछि स्वास्थ्यमा क्रमिक सुधार देखिएको थियो र उहाँ सोही अभियानमा जोडिनु भएको थियो ! अचानक आज उहाँ हामीबाट बिदा भएको घटनाले स्तब्ध भएको छु !

हार्दिक श्रद्धाञ्जली मित्र बबिता जी ! हार्दिक समवेदना शोभाखर जी तथा सम्पूर्ण परिवार जनमा !