जेसिए स्कुलको अनुरोध

विशेष स्वास्थ्य सम्बन्धी  अनुरोध

आदरणीय अभिभावक ज्यू नमस्कार !

पछिल्ला दिनहरूमा नानिबाबुहरूको आँखा पाक्ने रोग ( EYE FLU- conjunctivitis ) व्यापक मात्रामा देखिएको हुनाले हामी सबैले सचेतना अपनाउनु परेको छ । विद्यालयमा पनि धेरै नानिबाबुहरूको आँखामा  सङ्क्रमण देखिएको हुनाले सङ्क्रमित नानिबाबुहरूबाट अन्य नानिबाबुहरूमा सर्ने हुनाले घरमै आराम गर्ने र डाक्टरको सल्लाह बमोजिम तुरुन्त उपचार गर्नु पर्ने हुन्छ । तसर्थ आँखा जस्तो संबेदनशील कुरामा सचेत र सहकार्य गर्न विद्यालय परिवार हार्दिक अनुरोध गर्दछ ।

विद्यालय प्रशासन

जेसिए स्कुल