विद्यार्थी गुणीय चक्रको १८ ओैं सम्मेलन कार्तिक २४ देखि २६ सम्म

*प्रेस विज्ञप्ति* *कार्तिक २२, २०८१*क्वेष्ट नेपालद्वारा आयोजित "बिद्यार्थी गुणीय चक्रको १८औं राष्ट्रिय सम्मेलन" काठमाण्डौ स्थित ब्राइट फ्युचर माबि मा आगामी २०८१ कार्तिक २४, २५ र २६ गते आयोजना हुँदैछ। यस सम्मेलनले नेपालको शिक्षा क्षेत्रमा गुणस्तरीय परिवर्तन ल्याउने उद्देश्य राख्दछ, र यसले सम्पूर्ण देशका उत्कृष्ट बिद्यार्थीहरूलाई एकजुट गरि उनीहरूको समग्र विकासमा योगदान पुर्याउनेछ। सम्मेलनको उद्घाटन समारोहमा प्रमुख अतिथिहरूको रुपमा क्वेष्ट नेपालका प्रमुख आदर्श व्यक्तित्व, प्रोफेसर डा. दिनेश प्रसाद चापागाई र पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा संघीय सांसद (काठमाण्डौ क्षेत्र नं ९) माननीय कृष्ण गोपाल श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गर्नेछन्। यस अवसरमा उहाँहरूले कार्यक्रमको महत्त्व र यसको प्रभावलाई…

जेसिए प्रि- स्कुलको अभिभावक अभिमुखी कार्यक्रम सम्पन्न

पोखरा ! २१ बैशाख पोखराको बुढीबजार स्थित जुनियर सिटिजन्स एकेडेमीको प्रि स्कुलले आफ्ना अभिभावकलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नयाँ शैक्षिक सत्र २०८१ मा विद्यालयले गर्ने कार्यक्रम , के कस्तो पाठ्यक्रम हुने, सिकाई सहजीकरण कसरी हुन्छ ? अभिभावक र विद्यालयको भूमिका के हुने ? भन्ने कुरा प्रि- स्कुल सुपरभाइजर कमला न्यौपानेले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा प्रि स्कुल इन्चार्ज टेसुमाया गुरुङले सानो समुह क्रियाकलाप सम्बन्धी सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको समापन सत्रमा बोल्दै प्रिन्सिपल सुन्दर प्रसाद ढकालले समग्र विद्यालयको मिसन भिजन तथा इसिइसी को कार्यक्रम विद्यालयले लागु गर्नुको उद्देश्य , उक्त कार्यक्रमको दिर्घकालिन प्रभाव आदिकुरामा चर्चा गर्नु…

A Comprehensive Guide: How to Prepare for NEB Board Examination in Nepal for Science Students

Narayan Prasad Sapkota Educator I Trainer I Teacher I Writer Introduction: The National Examination Board (NEB) examination in Nepal is a crucial milestone for science students. Success in this examination opens doors to higher education and career opportunities. This article aims to provide science students with a comprehensive guide on how to prepare effectively for the NEB board examination. Understand the Syllabus: Start by thoroughly understanding the NEB syllabus for your specific stream within the science category. The syllabus provides a roadmap for what you need to study, ensuring that you cover all the essential topics. Create a…

सीपयुक्त शुक्रबार- सम्भावना र चुनौती

पृष्ठभुमी: २०८० साल बैशाख १२ गते , मङ्गलबार काठमाण्डु महानगरपालिकाले एउटा तामझामका साथ 'पुस्तकविहिन शुक्रबार, शिक्षामा सीप' कार्यक्रम को सुरूवात गर्यो । सुरूमा काठमाण्डु महानगरपालिका मा कक्षा ९-१२ सम्मका विद्यार्थी लक्षित कार्यक्रमले बिभिन्न १० वटा विधामा ९० घण्टाको तालिम संचालन  गरेको र हाल यो कार्यक्रम व्यापक बनाउँदै लागेको छ । ९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन्। फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ एण्ड इलेक्ट्रिकल), विपद् पूर्वतयारीका लागि भवन निर्माणको…

जेसिए स्कुल र काठमाण्डौ विश्व-विद्यालय बीच सहकार्य

जेसीए स्कुल र काठमाडौं विश्व विद्यालय बीच आज एक ऐतिहासिक सम्झौता सम्पन्न भएको छ । यो सम्झौता अनुरूप विद्यार्थीको सिकाइ सुधार गर्नका निमित्त शिक्षक सक्षमता तालिम , अभिभावक शिक्षा , पाठ्यक्रमको व्यापक प्रयोग , शिक्षण बिधि र अन्य व्यवस्थापकीय सुधार गर्नका निमित्त स्कुलले विश्वविद्यालयसँग सहकार्य गर्ने भएको छ। पहिलो चरण अन्तर्गत विद्यालयको समग्र अवस्थाको आवश्यकता पहिचान , SWOT Analysis , तथा प्रस्ताव निर्माणको कार्यक्रम सम्पन्न भएको छ । आज विद्यालयका प्रिन्सिपल र काठमाण्डौ विश्व विद्यालय स्कुल अफ एजुेकेशनका डिन प्रोफेसर डाक्टर बालचन्द्र लुईटेल बीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

जेसिए स्कुलले कक्षा ११ को स्वागत कार्यक्रम गर्दै

पोखरा- ३२ साउन - पोखराको लेखनाथमा अवस्थित जेसिए स्कुलले यही भाद्र १ गते भब्य रूपमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीका लागि स्वागत कार्यक्रम आयोजना गर्ने भएको छ । कक्षा १२का विद्यार्थीको आयोजना तथा संयोजनमा हुने उक्त कार्यक्रम अर्घौ। चोकमा अवस्थित रवि महलमा हुने डाइरेक्टर मुकुन्दप्रसाद वस्तीले जानकारी दिनुभयो । कार्यक्रममा गित संगीतको प्रस्तुती , नृत्य लगायतका मनोरन्जनात्मक कार्यक्रमका साथै फेलोसिप डिनरको व्यवस्था गरिएको छ ।

जेसिए स्कुलको अनुरोध

विशेष स्वास्थ्य सम्बन्धी  अनुरोध आदरणीय अभिभावक ज्यू नमस्कार ! पछिल्ला दिनहरूमा नानिबाबुहरूको आँखा पाक्ने रोग ( EYE FLU- conjunctivitis ) व्यापक मात्रामा देखिएको हुनाले हामी सबैले सचेतना अपनाउनु परेको छ । विद्यालयमा पनि धेरै नानिबाबुहरूको आँखामा  सङ्क्रमण देखिएको हुनाले सङ्क्रमित नानिबाबुहरूबाट अन्य नानिबाबुहरूमा सर्ने हुनाले घरमै आराम गर्ने र डाक्टरको सल्लाह बमोजिम तुरुन्त उपचार गर्नु पर्ने हुन्छ । तसर्थ आँखा जस्तो संबेदनशील कुरामा सचेत र सहकार्य गर्न विद्यालय परिवार हार्दिक अनुरोध गर्दछ । विद्यालय प्रशासन जेसिए स्कुल

हार्दिक श्रद्धाञ्जली बबिता जी !

[सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन। जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन।]…२[पीरहरु बटुलेर, रोईरहुँ जस्तो लाग्छ। खुशीहरु समेटेर, हाँसीरहुँ जस्तो लाग्छ।]…२ आँसु आँसु हुन्न जीवन, खुशी खुशी हुन्न जीवन। भेट्यो जसले, उस्तै हुन्छ , रोजे जस्तो हुन्न जीवन।सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन। जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन।[घाम ताप्न पर्खिबस्यो, पानी उसै बर्षिदिन्छ। अँध्यारो मै रमु भन्दा, उज्यालो पो सल्किदिन्छ।]…२ पानी पर्नु पनि जीवन, घाम लाग्नु पनि जीवन। एउटा रोज्यो अर्कै मिल्छ, खोजे जस्तो हुन्न जीवन।सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन। जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो…

जेसिएले गर्यो कक्षा ११ का विद्यार्थीको प्रबोधिकरण कार्यक्रम

पोखरा- १३ साउन , पोखराको जेसिए स्कुल तथा कलेजले कक्ष ११मा भर्ना भएका विद्यार्थीको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ! शनिबार आयोजित कार्यक्रममा चर्चित वक्ता सरोज घिमिरेले विद्यार्थीहरूलाई कसरी गोल सेटिंग गर्ने र कसरी उज्ज्यालो तिरको यात्रा तय गर्ने भन्ने विषयमा प्रकाश पार्नु भएको थियो ! जेसिएकै पूर्व विद्यार्थी तथा मेडिकल स्टुडेन्ट दीक्षा वस्तीले करियरको टनेल कसरी खन्ने ? जेसिएले कसरी त्यो टनेल खन्न मद्दत पुर्याउँछ भन्ने बारेमा आफ्नो अनुभव सुनाउनु भएको थियो । उक्त कार्यक्रममा प्राचार्य सुन्दर ढकाल , अभिभावक , विद्यार्थी तथा निर्देशक मुकुन्दप्रसाद वस्तीले बिभिन्न विषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम विद्यालयका डीन सुन्दर…