*प्रेस विज्ञप्ति* *कार्तिक २२, २०८१*क्वेष्ट नेपालद्वारा आयोजित "बिद्यार्थी गुणीय चक्रको १८औं राष्ट्रिय सम्मेलन" काठमाण्डौ स्थित ब्राइट फ्युचर माबि मा आगामी २०८१ कार्तिक २४, २५ र २६ गते आयोजना हुँदैछ। यस सम्मेलनले नेपालको शिक्षा क्षेत्रमा गुणस्तरीय परिवर्तन ल्याउने उद्देश्य राख्दछ, र यसले सम्पूर्ण देशका उत्कृष्ट बिद्यार्थीहरूलाई एकजुट गरि उनीहरूको समग्र विकासमा योगदान पुर्याउनेछ। सम्मेलनको उद्घाटन समारोहमा प्रमुख अतिथिहरूको रुपमा क्वेष्ट नेपालका प्रमुख आदर्श व्यक्तित्व, प्रोफेसर डा. दिनेश प्रसाद चापागाई र पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा संघीय सांसद (काठमाण्डौ क्षेत्र नं ९) माननीय कृष्ण गोपाल श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गर्नेछन्। यस अवसरमा उहाँहरूले कार्यक्रमको महत्त्व र यसको प्रभावलाई…
News & Events
जेसिए प्रि- स्कुलको अभिभावक अभिमुखी कार्यक्रम सम्पन्न
पोखरा ! २१ बैशाख पोखराको बुढीबजार स्थित जुनियर सिटिजन्स एकेडेमीको प्रि स्कुलले आफ्ना अभिभावकलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नयाँ शैक्षिक सत्र २०८१ मा विद्यालयले गर्ने कार्यक्रम , के कस्तो पाठ्यक्रम हुने, सिकाई सहजीकरण कसरी हुन्छ ? अभिभावक र विद्यालयको भूमिका के हुने ? भन्ने कुरा प्रि- स्कुल सुपरभाइजर कमला न्यौपानेले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा प्रि स्कुल इन्चार्ज टेसुमाया गुरुङले सानो समुह क्रियाकलाप सम्बन्धी सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको समापन सत्रमा बोल्दै प्रिन्सिपल सुन्दर प्रसाद ढकालले समग्र विद्यालयको मिसन भिजन तथा इसिइसी को कार्यक्रम विद्यालयले लागु गर्नुको उद्देश्य , उक्त कार्यक्रमको दिर्घकालिन प्रभाव आदिकुरामा चर्चा गर्नु…