जेसिए स्कुलले कक्षा ११ को स्वागत कार्यक्रम गर्दै

पोखरा- ३२ साउन – पोखराको लेखनाथमा अवस्थित जेसिए स्कुलले यही भाद्र १ गते भब्य रूपमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीका लागि स्वागत कार्यक्रम आयोजना गर्ने भएको छ । कक्षा १२का विद्यार्थीको आयोजना तथा संयोजनमा हुने उक्त कार्यक्रम अर्घौ। चोकमा अवस्थित रवि महलमा हुने डाइरेक्टर मुकुन्दप्रसाद वस्तीले जानकारी दिनुभयो । कार्यक्रममा गित संगीतको प्रस्तुती , नृत्य लगायतका मनोरन्जनात्मक कार्यक्रमका साथै फेलोसिप डिनरको व्यवस्था गरिएको छ ।