
ललितपुर, २० असोज ! QUEST-Nepal को सुदूरपश्चिम स्तरीय अभिमुखीकरण सम्पन्न भएको छ । विद्यार्थी गुणीय चक्र यस क्यु सी. को महत्व , कसरी सुरु गर्ने ,फाईदा के के हुन्छ ? भन्ने बिषयमा आज सम्पन्न भएको हो । संस्थाका उपाध्यक्ष देव राज घिमिरेको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा Introduction to SQC/History बिषयमा QUEST-Nepal का सल्लाहकार निराजन अधिकारी , SQC process को बारेमा QUEST-Nepal, National SQC Council का अध्यक्ष सुबर्ण राज केसी ,Present Status/Activities /Curriculum & Text Book बिषयमा महासचिव सिङ्ग लामा , Advantages को बारेमा मास्टर ट्रेनर रबि श्रेष्ठ , QUEST-Nepal, National SQC Council को बारेमा सदस्य सचिव नारायण सापकोटाले प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा QUEST-Nepal का प्रेसिडेन्ट सुरिना सुनयानी गुरुङको स्वागत , फादर अफ यस्क्युसी दिनेश चापागाईको प्रेरणादायी भनाइ तथा सेन्ट जेभियर्स गोदावरीका विद्यार्थीको यस्क्युसी केस स्टडी प्रेजेन्टेसन रहेको थियो । कार्यक्रम को अन्त्यमा QUEST-Nepal का सिनियर भाइस प्रेसिडेन्ट नारद रिजालको धन्यबाद ज्ञापनमा सम्पन्न भएको थियो ।
स्मरण रहोस् कार्तिक महिनाको अन्त्यमा सुदूरपश्चिम प्रदेश स्तरीय तालिम संचालन हुने भएको छ ।