पोखरा ! २१ बैशाख
पोखराको बुढीबजार स्थित जुनियर सिटिजन्स एकेडेमीको प्रि स्कुलले आफ्ना अभिभावकलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नयाँ शैक्षिक सत्र २०८१ मा विद्यालयले गर्ने कार्यक्रम , के कस्तो पाठ्यक्रम हुने, सिकाई
सहजीकरण कसरी हुन्छ ? अभिभावक र विद्यालयको भूमिका के हुने ? भन्ने कुरा प्रि- स्कुल सुपरभाइजर कमला न्यौपानेले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा प्रि स्कुल इन्चार्ज टेसुमाया गुरुङले सानो समुह क्रियाकलाप सम्बन्धी सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको समापन सत्रमा बोल्दै प्रिन्सिपल सुन्दर प्रसाद ढकालले समग्र विद्यालयको मिसन भिजन तथा इसिइसी को कार्यक्रम विद्यालयले लागु गर्नुको उद्देश्य , उक्त कार्यक्रमको दिर्घकालिन प्रभाव आदिकुरामा चर्चा गर्नु भएको थियो ।
कार्यक्रमको व्यपस्थापन तथा प्रविधि समायोजन विद्यालयका एकेडेमिक डीन नारायण प्रसाद सापकोटाले गर्नुभएको थियो ।