नेपालको मौलिक कार्यक्रम विद्यार्थी गुणीय चक्र , यस. क्यु सी. को कार्यक्रम संचालन गर्ने संस्था QUEST-Nepalको १५ औँ साधारणसभा सभा मङ्सिर ३० गते पोखराको स्वप्नबाग होटलमा सम्पन्न हुने भएको छ ।
संस्था को मिति २०८० साल असोज १९ गतेको केन्द्रिय समितिको बैठकले उक्त निर्णय गरेको कार्तिक २० गते नयाँ पत्रिका दैनिकमा प्रकाशित सूचनामा जनाइएको छ ।
सस्थाको साधारण सभामा बार्षिक प्रतिबेदन प्रस्तुत हुने तथा आगामी बर्षका नीति तथा कार्यक्रम प्रस्तुत भई छलफल पश्चात पारित हुनेछ
उक्त साधारणसभामा QUEST-Nepal का व्यक्तिगत सदस्य तथा संस्थागत सदस्य तथा आमन्त्रित सदस्यको उपस्थिती रहनेछ । व्यक्तिगत सदस्य र संस्थागत सदस्यले बार्षिक सदस्यता सकेसम्म छिटो नवीकरण गर्न महासचिव सिङ्ग बहादुर लामाले बताउनुभएको छ । सदस्यता नविकरणका लागि सस्थाका कोषाध्यक्ष जमुना महर्जनलाई ९८५१२८०५५० मा सम्पर्क गर्नुपर्नेछ।
पुनश्च: व्यक्तिगत सदस्यताका लागि नवीकरण शुल्क रु. १००० तथा संस्थागत शुल्क रु. २००० कायम गरिएको छ ।